सूचनाको शक्ति - The Power Of Information

        

बाघको आक्रमणबाट तीन जना घाइते

चितवनमा बाघको आक्रमणबाट तीनजना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीनजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् ।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ । बाघले आज साँझ ५ः२० बजे आक्रमण गरेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार २१:२९