सूचनाको शक्ति - The Power Of Information

        

दाङमा विषालु च्याउ खाँदा २ जना बिरामी

दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् ।

मंगलबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी बिरामी परेका हुन् ।

मंगलबार बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो ।

उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिए ।

वर्षा सुरु भएसँगै जंगलमा विषालु च्याउ पाइन थालेका छन् । विषालु च्याउ खादा बिरामी पर्ने र ज्यानै जानसक्ने भन्दै प्रहरीले जंगली च्याउ नखान सार्वजनिक सूचना जारी गर्दै आएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार १७:५६