सूचनाको शक्ति - The Power Of Information

        

बैंकमा नयाँ ब्याजदर लागु, कुन बैंकले कति दिँदैछन् ?

वाणिज्य बैंकहरुले सोमबारबाट लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि बैंकहरुले साउन १ देखि लागू हुने गरी आ–आफ्नै हिसाबले ब्याजदर सार्वजनिक गरेका हुन् । साउन महिनामा कुन बैंकको ब्याजदर कति छ त ? सबैभन्दा धेरै ब्याज दिने बैंक कुन हो त ? र, सबैभन्दा कम ब्याज कुन बैंकले दिन्छ ?

नेपाल बैंकर्स संघले लामो समयदेखि भद्र सहमति गरेर सबै बैंकको ब्याजदर एउटै राखेको थियो । असार अन्तिममा बसेको संघको पूर्ण बैठकले भद्र सहमति खारेज गरेर बैंकहरुले स्वतन्त्ररुपमा ब्याज निर्धारण गर्न पाउने ब्यवस्था गरेको हो ।

सो व्यवस्थाअनुसार साउन १ देखि लागू हुने गरी वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा केही बैंकले असारको तुलनामा ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन् । जसमा पाँचवटा बैंकले ब्याज बढाएका छन् भने ९ वटाले घटाएका छन् । ६ वटा बैंकको ब्याजदर स्थिर छ ।

सबैभन्दा बढी ब्याज दिने ५ वटा वाणिज्य बैंक

साउनमा सबैभन्दा बढी ब्याज नबिल बैंकको १०.९८ प्रतिशत छ भने, सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८.९५ प्रतिशत छ । साथै, तीनवटै सरकारी बैंक र ६ वटा नीजि बैंकहरुले ब्याज घटाएका छन् ।

कम ब्याज दिने ९ वाणिज्य बैंक


६ वटा नीजि बैंकहरु नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नेपाल एसबिआई, हिमालयन र सिटिजन्स बैंकले ब्याजदर स्थिर राखेका छन् ।

स्थिर ब्याजदर कायम राख्ने बैंक

साउन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ९.७२ प्रतिशत छ । भने, साउनदेखि लागू हुने गरी सार्वजनिक भएको नयाँ ब्याजदरमा १५ वटा बैंकको ब्याजदर एकल अंकमा छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०९:३५