सूचनाको शक्ति - The Power Of Information

        

मानबहादुर श्रेष्ठ बने भलिबलको नयाँ कप्तान

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल संघले बर्खास्त गरेको थियो । संघको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनी त्यसयता निरन्तर टोलीमा रहेका छन् । एसियन गेम्समा नेपाली पुरुष भलिबलको कप्तानी श्रेष्ठले गर्ने छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०९:२१