सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनको खाद्यान्न निकासीको सम्झौताबाट पछि हट्यो रुस

युक्रेनको खाद्यान्न निकासीमा अवरोध नगर्ने सम्झौताबाट रुस पछि हटेको छ ।

युक्रेनले रुस र क्राइमिया जोड्ने पुलमा क्षेप्यास्त्र आक्रमण गरेकै दिन सोमबार मस्को कृष्णसागर हुँदै युक्रेनको खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हटेको हो । तर रुसले क्राइमियाको पुल आक्रमणसँग खाद्यान्न निकासी सम्बन्धि निर्णयको कुनै सरोकार नरहेको दाबी गरेको छ ।

युक्रेनलाई खाद्यान्न निकासी गर्न दिंदा रुसबाट रासायनिक मल र रुसी खाद्यान्न पनि अन्तर्राष्ट्रिय बजारमा जान पाउनुपर्ने सहमति कार्यान्वयन नभएकाले आफू पछि हट्न बाध्य भएको रुसी तर्क छ । संयुक्त राष्ट्रसंघ र टर्कीको पहलमा भएको खाद्यान्न निकास सम्झौताबाट रुस पछि हटेपछि अन्तर्राष्ट्रिय बजारमा पुनः खाद्यान्न संकट गहिरिने चिन्ता बढेको छ ।

गत जुलाईको सम्झौतापछि युक्रेनले एक वर्षमा तीन करोड २० लाख टन गहुँ, मकैलगायत खाद्यान्न निकासी गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०९:१५