सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक दलहरु कारबाहीमा, कसलाई कस्तो जरिवाना ? (सूचीसहित)

निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन निर्धारित समयभन्दा ढिलो बुझाउने र नबुझाउने राजनीतिक दललाई जरिवाना तोकेको छ ।

आयोगको सोमबार बसेको बैठकले तोकिएको समयभित्र लेखापरीक्षण प्रतिवेदन पेस नगरेका र स्पष्टीकरणको जवाफ समेत नदिएका ८ राजनीतिक दललाई २० हजार जरिवाना गर्ने निर्णय गरेको छ ।

लेखा परीक्षण सार्वजनिक गरी विवरण तोकिएको समयमा विवरण नबुझाउने ३९ दललाई सात हजार जरिवाना गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

त्यस्तै, प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार राजनीतिक दललाई १५ हजार जरिवाना तोकिएको छ ।

लगातर दुई आर्थिक वर्षको लेखा परीक्षण नबुझाउने दुई दलले स्पष्टीकरण बुझाए पनि चित्ता बुझ्दो जवाफ नदिइएकाले १५ हजार जरिवाना तोकिएको छ ।

लगातार दुई आर्थिक वर्षको लेखा परीक्षण नबुझाएका र त्यसबारे स्पष्टीकरण नबुझाउने थप तीन दललाई २० हजारको दरले जरिवाना गरिएको शर्माले जानकारी दिए । त्यस्तै, केही दललाई स्पष्टीकरण मात्र सोधिएको छ ।

निर्णयको पूर्णपाठ :

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०७:२७