सूचनाको शक्ति - The Power Of Information

        

अब खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ देखि सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । त्यसका लागि महानगरले कार्यविधि तयार गरिरहेको छ ।

महानगरले तयार पारेको कार्यविधि कार्यान्वयन भएसँगै हाल भइरहेका प्रधानाध्यापक जिम्मेवारीबाट मुक्त हुनेछन् । यद्यपि उनीहरू सोही विद्यालयमा शिक्षकको जिम्मेवारीमा भने रहनेछन् ।

साथै महानगरले महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने विषय पनि कार्यविधिमा समेट्ने भएको छ । काठमाडौं महानगर पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिएको छ । महानगरले शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०७:१०