सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

दिउँसो भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा आज मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान बाग्मती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको भनाइमा राति देशभर आंशिकदेखि सामान्य रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०७:०४