सूचनाको शक्ति - The Power Of Information

        

आज २०८० साउन २ गते मंगलवारको राशिफल

२०८० साउन २ गते मंगलवार, १८ जुलाई २०२३ । अधिक श्रावण शुक्लपक्ष प्रतिपदा तिथि । तिष्य नक्षत्र । चन्द्रराशि– कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किएला । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा दिएको वचनले समेत आफैंलाई अप्ठ्यारो पार्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । रचनात्मक काममा जुट्ने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आत्मविश्वासको कमीले काममा पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ । ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला । अर्थ अभावले पनि काममा बाधा पुग्नेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि निकै दौडधुप गर्नुपर्ला । समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । अध्ययनमा राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने समय छ । सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन होला । मिहिनेतले आम्दानी बढाउनेछ । दिन उत्साहवर्द्धक रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटले कीर्तिमानी दिलाउनेछ । साथीभाइको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । व्यापारमा निकै फाइदा हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । मौका आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । बाध्यतामा अलमलिनुपर्ला । परिश्रमको उचित मूल्य नपाइने स्थिति देखिन्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामान्य काममा धन र श्रम खर्चनुपर्ला । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । आफ्नो वस्तुमा अरूले दाबी गर्लान् । बिग्रिएको काम सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्ना सूचना बाहिरिनाले समस्या आउला । कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । पेटको खराबीले कमजोर भइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । उपलब्धिविहीन काममा समय बित्नेछ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ०६:४६