सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा खुल्दै ‘सिने रोयल’

नेपालगन्जको आदर्शनगरमा निर्माणाधीन लक्जरी मल्टिप्लेक्स हल ‘सिने रोयल’ खुल्दैछ । त्यसको निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

पश्चिम नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित तीन वटा स्क्रिनसहितको मल्टिप्लेक्स खुल्न लागेको हो ।

दुईवटा हल २५० जना अट्ने क्षमताको र अर्को हल १५० क्षमताको रहने सञ्चालक डा.राहुल थापाको भनाइ छ । अहिले आवश्यक सम्पूर्ण सामानहरू फिट भइसकेको र आवश्यक सम्पूर्ण स्टाफ राखिइसकिएको छ ।

हलसँगै क्याफ्टेरिया सुरु हुने यहाँ बिस्तारै विभिन्न सपिङ आउटलेटसँगै डिपार्टमेन्टल स्टोर खोल्ने योजना रहेको डा.थापाले बताए । उनले भने, ‘अन्तिम टच र फिनिसिङको काम मात्र बाँकी छ । सम्भवतः यो महिनाको पहिलो या दोस्रो सातामै सिने रोयल सञ्चालनमा आउनेछ ।’

युवा सोच र मेडिकल सेक्टरमा समेत सकारात्मक छलाङ् लगाउँदै नयाँ प्रविधि र सुविधा भित्र्याइरहेका वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा.राहुल थापाको योजना र लगानीमा नेपालगन्जमा यो सुविधा सम्पन्न हल निर्माण हुन लागेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार २०:२८