सूचनाको शक्ति - The Power Of Information

        

पक्राउ परेका पूर्वमन्त्री विजय यादवलाई बुटवल पठाइयो

 पूर्वमन्त्री विजयबहादुर यादव बाँकेबाट पक्राउ परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी कार्यालयमा यादवविरुद्द १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको जारी भएको चेकबाट जाहेरी पर्दा रुपन्देही प्रहरीको आग्रहमा बाँके प्रहरीले आइतबार साँझ यादवलाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले यादवलाई सोमवार बुटवल पठाएको जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १७:३१