नेपाल वायुसेवा निगमले ऋणको सावाँ व्याज भुक्तानी गरेको छ । नियमले यही असार ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा ८३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत उक्त रकम भुक्तानी गरेको हो । यसअघि निगमले २०७९ साल आषाढदेखि चैत्रसम्ममा दुई अर्व ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार हुंदै गएको छ । नियमित तथा आकस्मिकरुपमा हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च व्यहोरेर नगद प्रवाहमा समेत सुधार गर्दै लगिएको छ ।
विभिन्न निकायहरुमा रहेका पुराना वक्यौता रकम तिरिएको छ भने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई समेत किस्ता तिर्दे आइरहेको छ । यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने तीन वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरि निर्माता कम्पनीसँग खरीद गर्ने कार्ययोजना समेत तिव्र गतिमा अघि वढाइएको छ ।
निगमले नयाँ तीन वटा जहाज खरीद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास रहेको छ । यसबाट आफ्नो राष्ट्रि«य उत्तरदायित्व समेत निर्वाह हुने कुरामा निगम विश्वस्त रहेको जानकारी दिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं