सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाका उपसभापति अर्याललाई धम्की दिने ब्यक्ति पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका–९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका प्रहरीले जनाएको छ । कालिकोटेले गत १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फोन तथा म्यासेजमार्फत् कालिकोटेले अर्याललाई ज्यान मार्ने धम्की दिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १४:१२