सूचनाको शक्ति - The Power Of Information

        

बस भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा घटेको हो ।

विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ । घटेको भाडादर आजदेखि नै लागु हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडा दर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १३:५४