सूचनाको शक्ति - The Power Of Information

        

सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ।

त्यही होडबाजीले मन्त्री–सचिवबीच विवाद पनि हुने गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका छन्।

मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए। त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन्। त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन्।

मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिव मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : ३१ असार २०८०, आइतवार ०८:१९