सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा चट्याङ लागेर ५० वटा भेडा बाख्रा मरे

जुम्लामा चट्याङ लागेर ५० वटा भेंडा बाख्रा मरेका छन् ।

पातारासी गाउँपालिकाको वडा नम्मर २ स्थित दुगाडा पाटनमा यही असार २८ गते दिउँसो परेको चट्याङबाट ५० भेडाबाख्रा मरेका हुन् भने ७० वटा भेंडा हराएको पातारासी गाउँपालिकाले जनाएको छ ।

चट्याङबाट ४२ वटा बाख्रा र ८ वटा भेडा मरेका हुन । स्थानीय किसानहरु कृष्ण ऐडी र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङका कारणा मरेका हुन् । पातारासी जुम्ला जिल्लामै सबैभन्दा बढी भेडापालन हुने ठाउँ हो ।

पाटन र खर्कहरुमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति हुने गरेको छ । ठूलो संख्यामा भेडा बाख्रा मरेपछि किसानहरु मारमा परेका छन् । पीडित किसानहरुलाई राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको लागि गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतवार ०७:५८