सूचनाको शक्ति - The Power Of Information

        

स्रोत नखुलेको २० लाखसहित बाँकेमा एकजना पक्राउ

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहाले उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए । मोटरसाइकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १९:५९