सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘अदृश्य’को ‘एक चोटी’ सार्वजनिक (भिडियो)

फिल्म ‘अदृश्य’को पहिलो गीत ‘एक चोटी’ सार्वजनिक गरिएको छ ।

विशाल पौडेलको शब्द रचना तथा सङ्गीत रहेको सार्वजनिक गीतमा सङ्गीतकार पौडेल र सीमा संग्रौलाको स्वर सुन्न सकिन्छ ।गीतको भिडियोमा फिल्मका  मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । फिल्मका निर्देशक प्रल्हाद काफ्ले हुन् ।

पीताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद र रिस्ताका अलावा सोहित मानन्धर, प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रबी गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ०८:०२