सूचनाको शक्ति - The Power Of Information

        

‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो

अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा काम विशेषले पुग्ने जोकोहीले पनि ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।

ललितपुरको खुमलटारस्थित नार्क कृषिका वैज्ञानिक एवं कर्मचारी बसेर काम गर्ने कार्यालय हो । तर, कार्यालयभित्रै जताततै फोहोरै फोहोर एवं जथाभावीको पार्किङले कार्यालय ‘डम्पिङ’साइटजस्तै देखिन्छ । करिब अढाइ सय बढी क्षेत्रफलमा विभिन्न कार्यालय रहेका छन् ।

कृषिसम्बन्धी विभिन्न विषयगत कार्यालयदेखि लिएर खाद्यान्य उत्पादन एवं अनुसन्धान हुने गरेको सोही क्षेत्रमा नार्कको साढे तीनतले भवन छ ।

सो भवनमा हाकिमपिच्छेका छुटाछुटै किचेन छ । जतिखेर नि केही न केही पाकिरहेको हुन्छ । कार्यालयको प्रत्येक तल्लामा हाकिमपिच्छे १५ भन्दा बढी किचेन रुम छन् । ‘नार्कमा २० बढी कृषिका वैज्ञानिकका साथै ७० जना बढी कर्मचारी कार्यरत छन् ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ०६:५१