सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले लेनदेन मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

लेनदेन मुद्दामा फरार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कुर्मीलाई बाँके जिल्ला अदालतको २०७९ माघ १३ गतेको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाय सुनाएको थियो ।

त्यसयता फरार कुर्मीलाई बाँके प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १७:५०