सूचनाको शक्ति - The Power Of Information

        

धम्बोझीमा स्व.राजा बिरेन्द्रको शालिक पुनःस्थापना गर्ने घोषणा

नेपालगञ्जको मुटु धम्बोझीमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न अभियानको शुरु भएको छ ।

मातृभूमि नवनिर्माण अभियान नेपालका संयोजक तेज बिक्रम शाहले स्व.राजा बिरेन्द्रको शालिक पुनस्र्थापन गर्न नेपालगञ्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् । धम्बोझी चोकमा कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको शालिक स्थापन गरेरै छाड्ने संयोजक शाहले बताए ।

संयोजक शाहका अनुसार अभियानले नेपालगञ्जको बिरेन्द्र चोकस्थित स्व.राजा बिरेन्द्रको शालिक पुनःस्थापना गर्नका लागि पहिलो चरणमा राजनैतिक दलहरुको सहमति लिने, समन्वय र अन्तरक्रिया गर्ने र जिल्ला प्रशासन कार्यालय बाँके, अन्य सुरक्षा निकायहरुसंग पनि सम्पर्क र समन्वय गर्ने पत्रकार सम्मेलनमा संयोजक शाहले बताए ।

बिरेन्द्र चोकमा स्व.राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनःस्थापना गरिने जानकारी गराउँदै उनले सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै अभियानको घोषणा गरे ।

साथै शालिक पुनःस्थापनका लागि १५१ सदस्यीय स्व. राजा बिरेन्द्र शालिक पुनःस्थापना समिति नेपालगञ्ज, बाँके गठन गरेको समेत पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

त्यस्तै अभियानले शालिक निर्माण उपसमितिको संयोजकमा गणेश थापा, स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा कपिल शाह, मिडिया परिचालन उपसमितिको संयोजकमा बिरेन्द्र गहतराज र आर्थिक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्ध्या शाही रहेको जनाएको छ ।

शालिक पुनःस्थापनाका लागि यसअघि राख्दा प्रहरी प्रशासनले पुनःस्थापना गर्न दिएको थिएन । पुनःस्थापना गर्नै लाग्दा प्रहरी र पुनःस्थापना गर्ने विच झडप समेत भएको थियो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १७:४७