सरकारले आर्थिक वर्ष २०८०–०८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सरकारले मोटा धान प्रति क्वीन्टल तीन हजार १९८ रूपैयाँ र मध्यम धान प्रति क्वीन्टल तीन हजार ३६२ रूपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।
चालु आर्थिक वर्ष २०७९–०८० मा मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ कायम गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
किसानलाई सहज बनाउन समयमै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको जनाइएको छ । यसअघि धानको न्यूनतम मूल्य निर्धारण नहुँदा किसानले सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं