सूचनाको शक्ति - The Power Of Information

        

बैतडीकाे धारीगाडमा पहिरो जाँदा दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडीकाे धारीगाडमा पहिरो जाँदा दशरथचन्द राजमार्ग अवरुद्ध भएकाे छ ।

गोठलापानी–झुलाघाट सडक खण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुटेका गाडी बीच बाटाेमै राेकिएका छन् ।  यातायात पूर्णरुपमा अवरुद्ध हुँदा यात्रुले सास्ती पाएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले पहिरो पन्छाउनका लागि डोजर पठाइएको जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १५:००