सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको औपचारिक कार्यक्रम तीन दिन स्थगित

पत्नी शोकमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा पर्नुभएका प्रधानमन्त्री दाहालले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै समवेदना प्रकट गर्न आउनेहरुसँग भने यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार १४:१०