सूचनाको शक्ति - The Power Of Information

        

साहित्यकारद्वय कल्पना र भवानीलाई राष्ट्रिय प्रतिभा पुरस्कार

शब्दयात्रा प्रकाशनले २०८० सालको दुई जना साहित्यकारलाई प्रदान गर्ने भएको छ । साहित्यकारद्वय कल्पना खरेल (बाँके) र भवानी पाण्डे (काभ्रेपलान्चोक)लाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

शब्दयात्रा प्रकाशनले खरेल र पाण्डेलाई संयुक्त रूपमा पुरस्कार समर्पण गर्ने भएको छ । साहित्यकार अमर त्यागीले कोष व्यवस्थापन गरेको उक्त पुरस्कारमा ८–८ हजार रुपैयाँ, अभिवन्दनपत्र, शब्दयात्रा पट्ट र उपहार समर्पण गरिनेछ ।

पुरस्कार ग्रहण गर्न स्वीकृति दिएकोमा शब्दयात्रा प्रकाशन परिवार साहित्यकारद्वय कल्पना खरेल र भवानी पाण्डेप्रति हार्दिक आभार व्यक्त गरेको छ । साहित्यकार खरेलका उपन्यास, गीति सङ्ग्रह, गीति एल्वम र कथा सङ्ग्रह बजारमा आइसकेका छन् ।

साहित्यकार खरेलका गीति संग्रह ‘क्षितिज पारीका शब्दहरू’, उपन्यास ‘समलिंगी सम्बन्धहरू’, कथा संग्रह ‘रागिनी’, गीति एल्वम ‘कामना’ लगायतका कृति प्रकाशित भइसकेका छन् भने साहित्यकार भवानी पाण्डेका पनि उपन्यास, निबन्ध, कथा सङ्ग्रह लगायतका कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ०८:३६