सूचनाको शक्ति - The Power Of Information

        

टीकापुरमा एमालेका नेतामाथि खुकुरी प्रहार

कैलालीको टीकापुरमा नेकपा एमालेका २ नेतामाथि खुकुरी प्रहार भएको छ ।

नेकपा एमालेको कैलाली जिल्ला कमिटि सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो ।

अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुनसक्ने बताइएको छ । घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १९:२३