सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी कार्यालयमै प्रहरी जवानलाई हातखुट्टा बाँधेर १२ घण्टा यातना

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ । इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए ।

हवल्दारको सल्लाह अनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए । सो क्रममा इन्स्पेक्टर राईले तथानाम, अभद्र गालीगलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए ।

मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ । यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले भने यातना नदिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार १३:५७