सूचनाको शक्ति - The Power Of Information

        

मनाङ एयरको हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सुोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ लामाजुरामा दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ ।

आज (मंगलबार) सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना ग्रस्त अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए । अहिलेसम्म हेलिकप्टरमा सवार पाँच जनाको शव भेटिएको उनले जानकारी दिए । उनीहरुको पहिचान भने भएको छैन । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार थिए ।

मनाङ एयरको ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १३:०३