सूचनाको शक्ति - The Power Of Information

        

मनाङ एयरको हेलिकोप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन

सोलुखुम्बुबाट काठमाडौंका लागि उडान क्रममा सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार विवेक खड्काको नेतृत्वमा अल्टिट्युड हेलिकोप्टर परिचालन गरिएको छ ।

सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौंका लागि उडेको कल साइन ९ एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो ।

उक्त हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ लामाजुरा नजिकै दुर्घटना ग्रस्त भएको भन्ने प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाका अनुसार सोलुको लामाजुराको पहाडमा ठाक्किएको ठुलो आवाज आएको भन्दै स्थानीयले खबर गरेको छ ।

मनाङ एयरका व्यवस्थापक राजु न्यौपानेका अनुसार सम्पर्कविहीन हेलिकप्टरमा पाइटलसहित ६ जना सवार थिए । उनका अनुसार पाँच यात्रु मेक्सिकन नागरिक हुन् । प्रतिकूल मौसमका कारण खोज्न गएको हेलिकोप्टर गन्तव्यमा पुग्न नसकेको जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १२:५७