सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीमा लेखा र कानूनको चलखेल

सशस्त्र प्रहरी बलमा लेखा र कानून समूहका कर्मचारीको चलखेलले सिंगो संगठन बन्धक बनेको छ । प्रशासनतर्फ महिनौंदेखि बढुवा रोकिँदा लेखा र कानुनका केही कर्मचारीलाई बढुवा गर्न हालै बढुवा प्रक्रियाअघि बढाइएको छ ।

गत २० असारमा सशस्त्र प्रहरी बलले कानून र लेखा उपसमूहका डिएसपी पदमा बढुवाका लागि सूचना निकालेको छ । कानून उपसमूहकी इन्सपेक्टर सत्यदेवी बस्नेत तथा लेखाका केही इन्सपेक्टरलाई बढुवाका लागि प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ । बस्नेत सि.स ९ इन्सपेक्टर हुन् । प्रशासनतर्फ सिंस ७ का अझै इन्सपेक्टरमै छन् ।

त्यस्तै, सिंस ९ कै तुलसिंह केसीलाई पनि लेखातर्फ डिएसपी बनाउन लागिएको छ । लेखामा अकुत आर्जन गरेका केसीसहित डोलराज अर्याल, कल्याणका सन्तोष चन्द लगायत अहिले बढुवा हुने प्रयासमा छन् । लेखा र कानून उपसमूहकै कारण सशस्त्र प्रहरी अस्तव्यस्त बनेका छ ।

यी उपसमुहका कर्मचारीले अकुत आर्जन गरेका त्यही पैसाको बलमा आफु अनुकुल निर्णय गराउन नेतृत्वलाई दबाब दिने गरेका छन् । जसका कारण इन्फिन्ट्री’ तर्फका कर्मचारी अन्यायमा पर्दै आएका छन् । लेखाका एसएसपी होम ज्ञवाली तथा कानुनका युवराज अर्यालले संगठनभित्र अनावश्यक चलखेल गर्दै आएका छन् ।

अर्काेतर्फ सशस्त्र प्रहरीको आकर्षक पोस्टिङ मानिने मर्मत शाखामा चार वर्षदेखि डिएसपी सरोज बस्नेतको रजाई छ । त्यस्तै कहिल्यै फिल्डमा काम नगरेका डिएसपी बिनोद कार्कीलाई सीमा विभागका एआइजी वंशी दाहालले सीमा हटलाइनको कमाण्डर बनाएपछि सशस्त्र प्रहरीभित्र चर्चाको विषय बनेको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलवार १०:४४