सूचनाको शक्ति - The Power Of Information

        

ऋण लिँदै ऋण तिर्दै सरकार

मुलुकको राजस्व संकलन ऋणात्मक हुँदा सरकारले ऋणको साँवा र ब्याज तिर्न पनि ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ।

चालु आर्थिक वर्षमा राजस्वले चालु खर्च पनि नधानेपछि आन्तरिक र वैदेशिक ऋणको साँवा–ब्याज तिर्न सरकारले ऋण लिएको हो।

सरकारले यो वर्ष जेठसम्म ३ खर्ब ६ करोड रूपैयाँ ऋण लिएको छ। त्यही ऋणबाट २ खर्ब ५ अर्ब १७ करोड रूपैयाँ आन्तरिक र बाह्य ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ।

सरकारले लिएको ऋण उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्ने भए पनि ऋण लिएर ऋणकै साँवा–ब्याज तिर्न खर्च गर्नुपर्ने अवस्था अर्थतन्त्रका लागि सुखद नभएको विज्ञहरू बताउँछन्।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २६ असार २०८०, मंगलवार ०७:२१