नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित सुर्खेत भेरी गंगा नगरपालिका–७ घर भई बाँके कोहलपुर नगरपालिका–११ बस्ने २६ वर्षीय दिपक वलीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी बाँके राप्तिसोनारी गाउँपालिका–५ अलिनगरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–३३ बैशा बस्ने ३२ वर्षीय आनन्द खड्का र सोही गाउँपालिका–५ बिनौना बस्ने ३० वर्षीय देबेन्द्र खत्री रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले नेपालगञ्जबाट बैजापुरतर्फ जाँदै गरेको भे.७ प ७७४४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी संवाददाता । बाँके