सूचनाको शक्ति - The Power Of Information

        

भारतमा अविरल वर्षाका कारण विद्यालय बन्द

भारतका विभिन्न भागमा अत्यधिक वर्षाले जनजीवन अस्तब्यस्त बनेपछी विद्यालयहरु बन्द गरिएका छन् ।

राजधानी नयाँ दिल्ली लगायत शहरका सडकहरु जलमग्न भएपछी जनजीवन प्रभावित भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।

केजरीवालले ट्विट गर्दै दिल्लीमा विगत दुई दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै आज दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको जनाउनुभएको हो ।

वर्षाका कारण धेरै क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पनि प्रभावित भएको छ । यसैगरी, उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै साेमबार र मंगलबार विद्यालयमा बिदा दिने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ११:३९