सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति बाइडेन बेलायत भ्रमणमा

अमेरिकी राष्ट्रपति जो बाइडेन लिथुआनियामा हुने नेटो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा बेलायत पुग्नुभएको छ ।

युक्रेनलाई ‘क्लस्टर बम’ पठाउने निर्णयका कारण आलोचित भएका बाइडेनको यो भ्रमणलाई महत्वपुर्ण रुपमा हेरिएको छ । बेलायत र क्यानाडाले युक्रेनलाई अमेरिकाले गर्न लागेको बम आपूर्तिको विरोधसमेत गरेका छन् ।

‘क्लस्टर बम’ ले सर्वसाधारणको क्षति बढ्ने भन्दै यी दुइ राष्ट्रहरुले अमेरिकाको विरोध गरेकै बेला बाइडेन बेलायत पुग्नुभएको हो । बेलायतमा रहँदा उहाँले बेलायती राजा चाल्र्ससँग शिष्टाचार भेट गर्नु हुनेछ । साथै उहाँले साेमबारै बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग भेटघाट गर्ने कार्यक्रम छ ।

भेटकै अवसरमा बाइडेन र बेलायती प्रधानमन्त्री सुनकबीच नेटो शिखर सम्मेलनमा युक्रेनलाई पनि समावेश गर्ने विषयमा गहन छलफल हुने भएको छ । बाइडेनको बेलायत भ्रमणअघि प्रधानमन्त्री सुनकले बेलायत अमेरिकाको सबैभन्दा महत्वपुर्ण ब्यापार, रक्षा र कुटनीतिक साझेदार रहेको उल्लेख गदै बाइडेनको बेलायत भ्रमण निकै महत्वपुर्ण रहने बताउनुभयो ।

बेलायतबाट बाइडेन भोलि लिथुआनिया जानुहुनेछ । फिनल्याण्ड नेटोमा आवद्ध भएपछी पहिलो पटक शिखर सम्मेलन हुन लागेको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १०:४१