सूचनाको शक्ति - The Power Of Information

        

आज बस्न सक्ला प्रतिनिधिसभाको बैठक ?

केही दिनदेखि एमालेको अवरोधका कारण बस्न नसकेको प्रतिनिधिसभाको बैठक सोमबार ३ बजेका लागि बोलाइएको छ ।

आइतबार बस्दै नबसी सूचना टाँसेर सारिएको बैठक सोमबार पनि ३ बजेका लागि बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो सोमबार एउटा कार्यक्रममा बोलेको विषयलाई लिएर एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

आइतबार प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भए पनि एमाले सहमतिमा आएको छैन ।

सोमबारको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेलगायत कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०९:१७