सूचनाको शक्ति - The Power Of Information

        

बिहान सहमति, दिउँसो किन भयो रडाको

अवरुद्ध सदन खुलाउन आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच ‘सहमति’ भए पनि बैठकपछि प्रमुख विपक्षी दल एमालेले नयाँ सर्त अघि सार्दा आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको २ घण्टा लामो छलफलमा एमालेले संसदको अवरोध हटाउने र प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्ति’ सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो ।

सो सहमतिपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक ३ बजेलाई सारिएको पनि थियो । तर, सिंहदरबारमा भएको सहमति आधा घण्टापछि नै ‘एमालेले नमान्दा’ संसद बैठक बस्न नसकेको हो ।

आखिर किन बैठक सकिएको आधा घण्टामै एमाले तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट ‘युटर्न’ भयो त ?

‘प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुहुन्छ भने हामी पनि संसद् अवरुद्ध गर्दैनौं’ भनेका ओली किन आफ्नो पूर्ववत् भनाइमा अडिन सकेनन् त ? प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग के समझदारी भयो भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘भरे देख्नुहुन्छ‘’ भन्ने जवाफ दिएका ओली किन पछि हटे त ?

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०९:१०