सूचनाको शक्ति - The Power Of Information

        

हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

 विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्।

निजी क्षेत्रका विभिन्न मेडिकल कलेज र अस्पतालहरूको दबाबमा अर्थ मन्त्रालयले रकम निकासा गरेको हो। ‘अर्थ मन्त्रालयले २०७९ चैत २४ गते रकम निकासा दिने निर्णय गरेको थियो। रकम भने बजेट आउनुपूर्व जेठ पहिलो साता निकासा भएको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

अर्थमन्त्रीमा डा। प्रकाशशरण महतको नियुक्ति लगत्तै निजी अस्पताललाई कोरोना संक्रमणको उपचार रकम उपलब्ध गराउने निर्णय भएको थियो। उनीभन्दा अघिका अर्थमन्त्रीहरूलाई पनि सो रकम भुक्तानी गराउन दबाब दिए पनि मेडिकल कलेज र अस्पतालहरू सफल भएका थिएनन्।

तर, डा. महत मन्त्री बनेर आएपछि उनीहरू सो रकम सहजै भुक्तानीका लागि निर्णय गराउन सफल भएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए। ती सहसचिवका अनुसार स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी नदिईकन रकम निकासा गरिएको हो।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २५ असार २०८०, सोमबार ०९:०४