सूचनाको शक्ति - The Power Of Information

        

बालेनले भने, म आजबाट अपराधी

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले आजबाट आफु अपराधी भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा सार्बजनिक गर्दै बालेनले भारतको संस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजदेखि आफु तारिखमा रहेको उल्लेख गरेका छन् ।

साथै उनले भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा प्रधानमन्त्रीले छुट पाउनु भयो, आफु आजबाट अपराधी भएको लेखेका छन् ।

उनले भनेका छन्-     

आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै,  प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार २०:०४