भारतको दिल्ली, हिमाचल, पञ्जाब लगायत देशका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ । दिल्लीमा ४१ वर्षको रेकर्ड तोडिएको भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन । सन् १९८२ यता जुलाईमा एकै दिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भएको थियो ।
यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो। सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो । र २०१३मा, दिल्लीमा १२३.४ मिमी वर्षा भएको थियो । जम्मु–कश्मीरको पुन्चमा पोसना नदी पार गर्ने क्रममा वर्षाका कारण दुई सैनिक जवान बगेका छन् ।
यस्तै, हिमाचलको कोटगढमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ ।
हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ । काश्मिरमा खराब मौसमका कारण अमरनाथ यात्रा लगातार तेस्रो दिन पनि स्थगित गरिएको छ । जसका कारण ६ हजार अमरनाथ तीर्थयात्री रामबनमा फसेका छन् । त्यहाका ४४ राष्ट्रिय राजमार्ग हाल बन्द छन् ।
मध्य प्रदेश, राजस्थान, पञ्जाब, हरियाणा, दिल्ली, उत्तर प्रदेश, बिहार, जम्मू कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम, पश्चिम बंगाल, असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरान त्रिपुरा, ओडिशा, गुजरात, गोवा र महाराष्ट्रमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
यी राज्यहरूमा मौसम सफा रहनेछस् केरला, कर्नाटक, तेलंगाना, छत्तीसगढ, तमिलनाडु र आन्ध्र प्रदेशमा वर्षाको सम्भावना छैन । मध्य प्रदेशका २७ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
भोपाल, विदिशा, रायसेन, राजगढ, अलीराजपुर, झाबुआ, धार, मन्दसौर, नीमच, गुना, अशोकनगर, शिवपुरी, अनुपपुर, शाहडोल, उमरिया, डिन्डोरी, कटनी, जबलपुर, छिन्दवाड़ा, सिवनी, मण्डला, पन्ना, दमोह, सागर, छतपुर टिकमगढ, निवारी जिल्लाहरू समावेश छन् । बाँकी स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हारका १० जिल्लामा भारी वर्षा र चट्याङको सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ । राज्यका पाँच जिल्लामा आइतवार भारी वर्षाको सम्भावना रहेकोमा ओरेन्ज अलर्ट जारी गरिएको छ, जसमा किशनगन्ज, अररिया, मधेपुरा, पूर्णिया र कटिहार जिल्लाहरू पर्छन् । जबकि अन्य पाँच जिल्लामा पहेंलो चेतावनी जारी गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं