सूचनाको शक्ति - The Power Of Information

        

हेर्नु भयो `बगान´ को ट्रेलर ? (भिडियो)

फिल्म ‘बगान’ ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।  आगामी असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर फिचर्ड छिन् ।

ट्रेलरमा करिश्मा, सरोज र प्रमिलाका अलवा नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल र आकाश श्रेष्ठ पनि स्थान दिइएको छ l

फिल्मलाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार ०९:४५