सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ–मुग्लिन सडक बिहान पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरूद्ध भएको छ ।

सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएर राती १ बजे सडक खुलाइएपनि बिहान साढे ४ देखि पुनः अवरुद्ध भएको हो ।

तीन नम्बर पुलमा पहिरो खसेपछि बिहानदेखि सडक पुन अवरूद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार राती सडक खुलाएर रोकिएका सवारी साधन पठाउने वित्तिकै पुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जनाएको छ ।

पहिरो पन्छाएर सडक एकतर्फी संचालन गरिएको पनि चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार ०७:५१