सूचनाको शक्ति - The Power Of Information

        

कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज

कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ ।

निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत बिहीबार संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै रिट दर्ता गराएकोमा सो रिटमाथिको सुनुवाइ आइतबार हुँदैछ ।

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएपछी उहाँ विरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो ।

कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोसी प्रदेश; मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोसी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गर्नुभएको हो ।

प्रकाशित मिति : २४ असार २०८०, आइतवार ०७:४८