सूचनाको शक्ति - The Power Of Information

        

छानबिन नटुङ्गिदै पुनः खुलाइयो घोराही सिमेन्टको आइपिओ

फर्जी आवेदन परेपछि अनुसन्धानका लागि भन्दै रोकिएको घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक शेयर निष्कासन आइपिओ पुनःखुलेको छ ।

आइतबारसम्म आवेदन दिन सकिनेगरी आइपिओ पुनः खुलाइएको हो । हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संयुक्त निष्कासन तथा बिक्री प्रबन्धकत्वमा गत जेठ ३२ गतेदेखि यो कम्पनीको आइपिओ खुलेको थियो ।

तर उक्त कम्पनीले विद्यमान कानुन विपरित क्रेटिङ रेटिङ गरेको र फर्जी आइपिओ परेको शङ्का लागेपछि अनुसन्धानका लागि भन्दै नेपाल धितोपत्र बोर्डले असार ४ गते आइपिओ निष्काशन प्रक्रिया रोकेको थियो । अनुसन्धान नटुङ्गिदै बोर्डले फेरि आइपिओ निष्कासनका लागि अनुमति दिएको हो ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १६:०१