सूचनाको शक्ति - The Power Of Information

        

मिटर ब्याजीविरुद्ध देशभर २४ हजार उजुरी

देशभर मिटर ब्याजबाट पीडितहरूले उजुरी दिने क्रम बढ्दै गएको छ । अहिलेसम्म २४ हजार उजुरी परेका छन् । सरकारले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

आयोगले उजुरी आह्वान गरेको थियो । अहिलेसम्म परेका उजुरीमध्ये एक हजार ३८५ वटा उजुरीमा मेलमिलाप गरिएको आयोगले जनाएको छ । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो ।

आयोगका सदस्य पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दा समेत छन् । यसअघि अदालतबाट आफूविरुद्ध फैसला आएको भन्दै पीडितले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार १५:५८