सूचनाको शक्ति - The Power Of Information

        

तपाईलाई रोगबाट टाढा राख्ने पाँच आयुर्वेदिक जडीबुटी

हामीले आयुर्वेदको चमत्कार शताब्दीयौँदेखि देख्दै, सुन्दै र अध्ययन गर्दै आएका छौँ । यसले शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ । यदि तपाइँ आफूलाई स्वस्थ र तनावमुक्त राख्न चाहनुहुन्छ भने आयुर्वेदिक जडिबुटी लिन सक्नुहुन्छ ।

आज हामी तपाइँलाई यस्ता पाँच शक्तिशाली आयुर्वेदिक जडीबुटीको बारेमा बताउन गइरहेका छौँ, जसलाई आफ्नो आहारमा समावेश गरेर तपाइँले धेरै रोगहरूलाई आफूबाट टाढा राख्न सक्नुहुन्छ ।

नीम

नीम धेरै प्रकारका रोगहरूमा प्रयोग गरिन्छ । नीम आयुर्वेदको करिब ७५ प्रतिशतको भाग हो । यसमा एन्टिसेप्टिक, एन्टी–माइक्रोबियल र एन्टिफंगल गुणहरू छन्, जसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्छ र पिम्पल, एक्जिमा र छाला सम्बन्धी रोगहरूबाट छुटकारा पाउँछ ।

नीम मौखिक स्वास्थ्य, कपालको हेरचाहको लागि अद्वितीय छ । खाली पेटमा ४–५ वटा नीमको पात चपाउनुहोस् । यदि तपाइँ यसको तीतो स्वाद कम गर्न चाहनुहुन्छ भने तपाइँ यी पातहरू महसँग सेवन गर्न सक्नुहुन्छ । नीमको पातलाई पानीमा उमालेर खाली पेटमा पिउन सक्नुहुन्छ । नीमको पातको पेस्ट कपाल र छालाको लागि लाभदायक हुन्छ ।

अश्वगन्धा

अश्वगन्धा धेरै स्वास्थ्य समस्याहरू निको पार्न प्रयोग गरिन्छ । यो यौन स्वास्थ्य र स्नायु प्रणालीलाई शक्तिशाली बनाउन निकै फाइदाजनक हुन्छ । प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसको प्रयोगले तनाव कम गर्छ र स्मरण शक्ति बढाउँछ ।

अश्वगन्धाले निद्राको ढाँचामा सुधार गर्छ र तौललाई पनि नियन्त्रण गर्छ । अश्वगन्धलाई पाउडर, ट्याब्लेट वा अर्कको रूपमा प्रयोग गर्न सकिन्छ । तपाइँ यसलाई कुनै पनि समयमा खानासँग वा खाना खानु अघि उपभोग गर्न सक्नुहुन्छ ।

ब्राह्मी

ब्राह्मी स्नायु विकार निको पार्न प्रयोग गरिन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले स्मरणशक्ति, एकाग्रता र दिमागलाई तेज बनाउँछ । तनाव र डिप्रेसनलाई हटाएर दिमागलाई शान्त पार्ने काम गर्छ ।

यसको प्रयोगले स्नायु प्रणालीको कार्य क्षमतामा सुधार ल्याउँछ । यो मस्तिष्कका लागि टनिक भन्दा कम छैन । रगत सफा गर्छ र छाला र कपाललाई फाइदा गर्छ । ब्राह्मीलाई घ्यू वा महमा मिसाएर सेवन गर्न सकिन्छ । यसको पात पनि उमालेर प्रयोग गर्न सकिन्छ । दूधसँग वा खाना अघि वा पछि लिन सकिन्छ ।

शतावरी

जडिबुटीको रानी शतावरीमा सपोनिन पाइन्छ, जसले यसमा एन्टिअक्सिडेन्ट गुणहरू उत्पादन गर्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र गर्भावस्थामा महिलालाई फाइदा हुन्छ । यसले पाचन प्रणालीका लागि रामबाण औषधिको रूपमा काम गर्छ ।

यसले श्वासप्रश्वासको समस्यालाई कम गर्न मद्दत गर्छ । शतावरीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र छालालाई बुढ्यौली हुनबाट जोगाउने क्षमता हुन्छ । शतावरी पाउडर पानी, दूध वा जुससँग मिसाउन सकिन्छ । यसको चक्की खाली पेट वा खाना खानुभन्दा एक घण्टा अगाडि खान सकिन्छ ।

मंजिष्ठा

प्रतिरक्षा प्रणाली सुधार गर्न काम गर्दछ । यो कलेजो, मिर्गौला र छाला सफा गर्न धेरै उपयोगी छ । यसको प्रयोगले पिम्पल र एलर्जीको समस्या हट्छ । यो स्मरणशक्ति बढाउन र सिक्ने क्षमता विकास गर्न उपयोगी छ । यसलाई बिहान र बेलुकाको खाना पछि पानी मिसाएर सेवन गर्न सकिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २३ असार २०८०, शनिबार ११:०९