सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरका विद्यालयमा शनिवारदेखि १४ दिन वर्षे विदा

बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखि साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो ।

नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे बिदाको समय तालिकालाई परिमार्जन गरी शनिवारदेखि बिदा दिने निर्णय भएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार २०:२१