सूचनाको शक्ति - The Power Of Information

        

भुलेर पनि सेक्स सम्बन्ध राख्न नहुने पाँच महिला

पुरुषहरु स्त्रीहरुसँग सम्बन्ध राख्न लालायित हुन्छन् । विवाहित र अविवाहित दुवै खाले पुरुषमा महिलाहरुको निकट हुने चाहाना उत्तिकै हुन्छ । तर सबै महिलासँग पुरुषले सम्बन्ध राख्नु उचित हुँदैन ।

पूर्व प्रेमिका

सकेसम्म पुरानो सम्बन्धलाई नखोतलेकै राम्रो हुन्छ । किन भने प्रेमिका पूर्व प्रेमिका बन्नु भनेको सम्बन्ध राम्रो नभएर टुङ्गिएको अर्थ लाग्छ । कतिपय सन्दर्भमा तपाई र उनीबीच गम्भिर समस्या भएकै कारण सम्बन्ध टुटेको हो । कुनै समस्या पर्दा वा दुःख लाग्दा पूर्व प्रेमिकाको सम्झना आउनु फरक कुरा हो । तर उनलाई पुनः जीवनमा तान्नु पश्चातपका कारण मात्र बन्न सक्छ ।

मिल्ने साथीकी बहिनी

आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् । यसले तपाईको साथीसँगको सम्बन्ध मात्र धरापमा पार्दैन । यसले आफ्नी सानी बहिनीलाई धोका दिएको भन्दै अनुहारमा मुक्का खाने खतरा समेत बढाउँछ । बहिनीसँगको निकटताले तपाईको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ ।

कुख्यात महिला

कुनै पनि महिला जसको विषयमा तपाईले निरन्तर नकारात्मक समाचार मात्र सुन्नु हुन्छ । उनीसँग पनि नजिकको सम्बन्ध नराख्नुस् । सामान्य सम्बन्ध राख्न यस्ता महिला काम लागे पनि गम्भिर सम्बन्धले समस्या निम्त्याउन सक्छ ।

धनी खोज्दै हिँड्ने केटी

धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । धनी खोज्ने केटीसँग डेट जान रमाइलो भएपनि लामो सम्बन्ध बनाउनु आफूलाई समस्यामा पार्नु जस्तै हो ।

साथीकी पूर्व प्रेमिका

यदि तपाईको साथीसँगको सम्बन्ध मूल्यवान छ भने उसकी पूर्व प्रेमिकासँग नजिस्किनुस् । यो साथीसँगको सम्बन्धप्रतिको इमान्दारिता पनि हो । यसले तपाईको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १७:४७