सूचनाको शक्ति - The Power Of Information

        

पाँच घण्टाभन्दा कम सुत्दा हुने समस्या

पाँच घण्टाभन्दा पनि कम निद्रा लिनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । मात्र पाँच घण्टाको निद्रा लिँदा शरीरले कयौं स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । पाँच घण्टाभन्दा पनि कम निद्रा लिँदा यस्ता समस्या हुनेछन्,

कमजोरी र सुस्ती

अधुरो निद्रा लिने कारणले गर्दा दिनभर सुस्ती, आलस्य तथा थकान भइरहन्छ । यसले तपाईंको दैनिक कार्य गर्न पनि ऊर्जा कम हुन्छ । जसले गर्दा आत्तिने तथा चिडचिडाहट हुन सक्छ ।

पाचनका लागि नोक्सानदायक

पाँच घण्टाभन्दा कम निद्रा लिने कारणले शरीरमा लेप्टिन र घ्रेलिन नामक दुईवटा हर्मोनमा प्रभाव पर्छ, जसले गर्दा भोक नलाग्ने समस्या पनि देखिन्छ । पर्याप्त मात्रामा आहार नलिँदा पाचनसँग जोडिएका समस्या पनि बढ्न थाल्छन् ।

हृदयका लागि हानिकारक

पाँच घण्टाभन्दा कम निद्रा लिनाले हृदय रोगहरु बढ्ने आशंका हुन्छ । अधुरो निद्राको प्रभाव सिधा रुपमा ब्लड शुगर र ब्लड प्रेसरमा पर्छ, जसले हृदयको स्वास्थ्यलाई नोक्सान पु¥याउन सक्छ ।

दिमागका लागि हानिकारक

पाँच घण्टाभन्दा कम निद्रा लिनाले ब्रेन सेल्समा पनि नराम्रो प्रभाव पर्छ । ब्रेन सेल्समा दबाब पर्नाले पूरै दिन मानसिक कमजोरी बनिरहन्छ, जसले गर्दा स्मरण शक्ति पनि कमजोर हुन थाल्छ ।

आँखाको समस्या

पाँच घण्टाभन्दा कम निद्रा लिँदा आँखामा पनि नराम्रो प्रभाव पर्छ । अपर्याप्त निद्राको कारणले प्रायः आँखा सुन्निने, आँखाको तल्लो भागमा कालो घेरा आउने र धमिलो देखिने जस्ता समस्या देखिन्छन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १५:५४