सन् १९६३ मा जब आफ्नो पहिलो रकेट प्रक्षेपण गर्यो, संसारको अत्याधुनिक प्रविधिको पछि लाग्ने भारत सबैभन्दा गरिब मुलुक थियो । त्यो प्रक्षेपणमा रकेटको चुच्चो भाग साइकलमा गुडाएर प्रक्षेपणस्थानमा लगिएको थियो । त्यसको विष्फोट–भार सानो थियो र पृथ्वीबाट १२४ माइल माथिसम्म गएको थियो । त्यो बेला भारतले अमेरिका तथा सोभियत संघसँग तालमेल नगर्ने अप्ठ्यारो बहानाबाजी गरिरहेको थियो ।
आजको अन्तरिक्ष दौडमा, भारतले धेरै नै सुनिश्चित कदम चालेको छ । भारतको प्राविधिक ‘स्टार्ट–अप’ हरूको हब हैदरावाददेखि एक घन्टा दक्षिणमा रहेको छरितो र फराकिलो ह्याङगरमा युवा इन्जिनियरहरूको भीडले सानो, प्रयोगात्मक क्रायोजेनिक थ्रस्टर इन्जिन नियाली रहन्छ । गत नोभेम्बरमा भारतले आफ्नै डिजाइनको पहिलो निजी भूउपग्रह सुरुवात गर्यो । स्काई एरोस्पेसका दुई संस्थापकले फुकार गरिरहेको वाष्प इन्जिनको विष्फोटबीच कुराकानी गर्दै त्यसको रमाइलो वर्णन गरे ।
यी नयाँ थ्रस्टर मेसिनले यस वर्ष स्काईरुटको अक्षमा मार्गदर्शन गर्ने छन्, त्यो पनि धेरै ठूलो विष्फोट–भारसहित । भारत अचानक कम्तीमा १४० दर्तावाल स्टार्ट–अपहरूको मुलुक भएको छ । यसभित्र त्यस्ता स्थानीय अनुसन्धान क्षेत्र समावेश छन्, जो ग्रहको जडानलाई अन्तिम किल्लासम्म रूपान्तरण गर्न खडा छन् । यो उद्यम आज भारतीय लगानीकर्ताले सबैभन्दा खोजी गरेको क्षेत्र भएको छ । कोभिड–१९ को सुरुवातसँगै स्टार्ट–अपले ५ बाट छलाङ मार्यो । यसको विष्फोटक बृद्धि भयो । तिनले सेवा गर्न यसमा ठूलो बजार देखे ।
स्काईरुटका कार्यकारी ३२ वर्षिय पवन चन्डानाले यस दशकभित्र विश्वलाई ३०,००० उपग्रह प्रक्षेपण गर्न आवश्यक रहेको अनुमान गरेका छन् । वैज्ञानिक शक्तिका रुपमा भारतको महत्व केन्द्र भागमा आइरहेको छ । गत महिना राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा जब प्रधानमन्त्री नरेन्द्र मोदीको सत्कार गरे, त्यसको विज्ञप्तिमा भनिएको छ कि दुई नेताहरूले ‘अन्तरिक्ष अर्थतन्त्रको सम्पूर्ण मूल्य श्रृंखलामा अमेरिकी र भारतीय निजी क्षेत्रको व्यावसायिक सहयोग बढाउन आह्वान’ गर्दछन् ।
यी दुवै देशले अन्तरिक्षलाई एउटा यस्तो अखडाको रूपमा हेर्दछन्, जहाँ भारत दुवैको साझा प्रतिस्पर्धी चीनसँग प्रतिभारका रूपमा उभिन सक्दछ । अन्तरिक्ष अनुसन्धानको पहिलो ३ दशकले भारतलाई गौरवान्वित बनायो । आइएसआरओ नासाको स्थानीय संस्करणजस्तो बन्यो । पहिलो भारतीय उपग्रहको तस्वीर सन् १९९५ सम्म दुई रुपैयाँको नोटमा छापिएको हुन्थ्यो । त्यसपछिका दिनमा केही समय भारतले अन्तरिक्ष महत्वाकांक्षाको क्षेत्रमा कमै ध्यान दियो । युवा अनुसन्धानकर्ताहरू सूचनाप्रविधि र फर्मास्युटिकल्सको क्षेत्रमा ठोस विकास गर्न केन्द्रित भए ।
अब भारत विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश मात्र हैन, सबैभन्दा तीव्र बृद्धिदर भएको अर्थतन्त्र र नवप्रवर्तन फलिफाप गर्ने केन्द्र पनि हो । अब अन्तरिक्ष व्यापार पनि परिवर्तन भएको छ । भीमकाय सरकारी बजेटको साटो निजी उद्यमशीलताद्धारा प्रेरित अन्तरिक्ष प्रविधिले सानो आकारमा व्यवसायिक आवश्यकता पूरा गर्दैछ । फोटो प्रणालीले ग्रहहरूबारेको जानकारी पृथ्वीमा फिर्ता ल्याउँछन् । तिनले भारतीय किसानलाई उनीहरूको बाली सुरक्षित गर्न मद्धत गर्दछन् । व्यावसायिक माछा मार्ने बेडालाई निगरानी र नियन्त्रण सजिलो बनाउँछ ।
उपग्रहहरूले देशका दूर्गम कुनासम्म फोनको सिग्नल पुर्याउँदछ । भारतीय महानगरभन्दा टाढा सौर्य फार्महरू संचालन गर्न मद्धत गर्दछ । सन् २०२० को जुनमा जब प्रधानमन्त्री मोदीले अन्तरिक्ष क्षेत्रलाई सबै प्रकारका निजी उद्यमशीलताका लागि खुला गर्ने घोषणा गरे, त्यसयता भारतले मौलिक अनुसन्धान र स्वदेशी प्रतिभाद्वारा संचालित व्यवसायिक नेटवर्कहरू सुरू गरेको छ । गत वर्ष भारतको अन्तरिक्ष स्टार्ट–अपमा १२० मिलियन डलरको नयाँ लगानी श्रेणीकृत भएको थियो । यो वार्षिक दरमा दोब्बर वा तेब्बर हो ।
महामारी सुरुवात हुँदा यस्ता स्टार्ट–अपहरू जम्मा ५ थिए, अहिले १४० दर्ता भएका छन्, यो धेरै ठूलो छलाङ हो । आइएसएसआरओको पछिल्लो घोषणाले नयाँ निजी क्षेत्रका लगानीकर्ताको लागि ठाउँ बनाउँछ साथै लाभदायक विरासत साझेदारी गर्दछ । यसको स्पेशपोर्ट श्रीहरिकोटाको तटीय टापुमा छ । यो भूमध्यरेखाको नजिकमा पर्दछ, जसले गर्दा विभिन्न तहको अक्षमा प्रक्षेपणका लागि उपयुक्त हुन्छ । सरकारी निकायको ‘वर्कहर्स’ रकेट भारी विष्फोट भारका लागि भरपर्दोमध्ये एक हो । यसको सफलतादर करिब ९५ प्रतिशत छ ।
यसले उपग्रहहरूको बिमा लागत करिब आधा घटाएको छ । यसले भारतलाई एक प्रतिस्पर्धी र लाभदायक प्रक्षेपण स्थल बनाएको छ । भारतमा अन्तरिक्ष उपकरण प्रक्षेपणका लागि पैसा पनि छ । यसका बजार यस वर्ष करिब ६ विलियन डलरको थियो । सन् २०२५ सम्म यसको मूल्य तेब्बर हुनेछ । हैदरावादमा ध्रुव स्पेशले ओगटेको काम गर्ने मचानमा उपग्रहहरू तैनाथ गरिन्छ । यो भारतको पहिलो अन्तरिक्ष स्टार्ट–अप थियो । यससँग डमी उपग्रह प्रदर्शनस्थल, वायुमण्डीय नियन्त्रित प्रयोगशाला, सफा कोठाहरू र गुरुत्वाकार्षण परिक्षण गर्भहरू छन् ।
यसका रणनीति प्रमुख क्रान्थी चन्द बिरलै कुनै महिनाभरि यहाँ हुन्छन् । उनी एक हप्ता युरोपमा हुन्छन् भने अर्को हप्ता अमेरिका पुगेका हुन्छन् । लगानीकर्ता र ग्राहकबीच घुमिरहेका हुन्छन् । एलन मस्क तीनै व्यक्ति थिए, जसले भारत र विश्वभरिबाट चोरेर अन्तरिक्ष व्यवसायमा आँधी ल्याए । उनको कम्पनी स्पेश एक्स, जसले पुनप्रक्षेपणीय रकेटबाट भारी बोझ अन्तरिक्षमा पठाउने लागतमा यतिधेरै कमी ल्यायो कि भारतले प्रतिस्पर्धा गर्न सकेन । आज पनि अमेरिकी स्पेशपोर्टबाट प्रतिकिलो ६,५०० डलरमा स्पेश एक्सले प्रक्षेपण गर्दछ, जो सबैभन्दा सस्तो हो । भारतसँग पर्याप्त सस्ता र उपयुक्त इन्जिनियर छन् ।
तर, तिनीहरूको सस्तो तलबले मात्र लागत प्रतिस्पर्धालाई हराउन सक्दैन । स्काईरुटका पवन चन्डना भन्छन्, ‘हामी ट्याक्सी जस्तै हौं’ । उनको कम्पनीले सानो बोझभारको प्रक्षेपणका लागि धेरै रकम लिन्छ । जबकी स्पेश एक्स भने बस वा रेलजस्तो हो । त्यसले धेरै बोझ गन्तव्यमा पुर्याउँन सक्दछ । मोदीलाई अन्तरिक्ष खुला गर्ने नीति लिन स्पेश एक्सले घचेडेको थियो । त्यसपछि चन्डानसँगै उनका इन्जिनियर मित्र ३३ वर्षीय भारथ डाकाले स्काईरुट बनाए । अन्तरिक्ष व्यवसायबाट भारतलाई हुने एउटा फाइदा भूराजनीतिक हो ।
रुस र चीन ती दुई देश हुन्, जसले लामो समयदेखि न्यून लागत प्रक्षेपणको विकल्प दिँदै आएका छन् । तर, युक्रेन युद्धले यो क्षेत्रमा एक प्रतिस्पर्धी देशका रुपमा रुसको भूमिकालाई समाप्त गरेको छ । गत सेप्टेम्बरमा रुसले आफ्ना ३६ वटा अन्तरिक्ष यान जफत गरेपछि बेलायती स्टार्ट–अप कम्पनी वनवेभले २३ करोड डलरको मार खेप्न परेको थियो । त्यसपछि वनभेव आफ्ना उपग्रह अन्तरिक्षमा पठाउन भारतीय आइएसओआरमा फर्कियो । ठीक त्यही कुरा अमेरिकाको पनि हुन्छ ।
अन्तरिक्ष प्रक्षेपणमा अमेरिकाले चीनभन्दा भारतसँग सहकार्य गर्ने सम्भावना रहन्छ । भारतको ‘भेन्डर इकोसिष्टम’ आकारमा अचम्मको छ । आइएसओआरसँग दशकौं लामो व्यवसायले बैंगलुरु, हैदरावाद, पुणे र अन्य ठाउँमा करिब ४०० निजी कम्पनी सिर्जना गर्यो । यी सबै स्क्रु, सिलेन्ट र अन्य उपयुक्त स्पेश सामग्री उत्पादन तथा निर्माणमा समर्पित छन् । एक एकल प्रक्षेपणका लागि करिब १०० को सहकार्य चाहिन्छ । स्काईरुट र ध्रुबले उपग्रह प्रक्षेपण र वितरणको अपेक्षाकृत आकर्षक क्षेत्रमा काम गर्दछन् । तर, यी भारतीय स्पेश व्यवसायको पाइमा ८ प्रतिशतको हिस्सा मात्रै हुन् । पिक्सेल यो क्षेत्रको अर्को महत्वपूर्ण स्टार्ट–अप हो ।
यसले पृथ्वीको सतहका ढाँचाहरू पत्ता लगाउन एक छवि प्रणालीको विकास गरेको छ, जो साधारण रंगिन दृष्टिको दायराभन्दा बाहिर छ । यसको मुख्यालय बैंगलुरुमा छ र एउटा कार्यालय लसएन्जलसमा । भारतीय अन्तरिक्ष प्रविधिले भीमकाय सरकारी बजेट विनै साना निजी क्षेत्रका उद्यमद्धारा व्यावसायिक उदेश्यहरू पूरा गर्दैछ । स्काईरुटको ह्यांगरमा काम गर्ने इन्जिनियरहरू अब अन्तरिक्ष व्यवसायका उद्यमी बन्दैछन् । स्काइरुटले अहिले ६८ मिलियन डलर उठाएको छ । तर, उनीहरू व्यवसायभन्दा विज्ञानको विकासमै केन्द्रित हुन चाहन्छन् । पवन र भारथ दुवैको रुचि र विशेषज्ञता पनि यही हो ।
अलेक्स ट्राभेली । न्यूयोर्क