सूचनाको शक्ति - The Power Of Information

        

उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

एसिसी यु १६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानले यु १६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्यक्ष रोशन सिंहले घोषणा गरेका हुन् ।

मङ्गलवार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपालले यसअघि यु १६ इस्टर्न रिजनको उपाधि २०१७ र २०१९ मा जितेको थियो । यस पटक इस्ट जोन कपको उपाधि जित्दै ह्याट्रिक गरेको हो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ०७:००